नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम पाँच अर्ब

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयर बजारमा आइतबार ११ अंकको सुधार देखिएको हो । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर २५८८ दशमलव ३५ को विन्दुमा पुगेको छ । आज ३२५ कम्पनीका ७२ हजार ९ सय ५७ पटकको कारोबारमा १ […]

Sep 22, 2024 - 10:29
 0
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम पाँच अर्ब

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयर बजारमा आइतबार ११ अंकको सुधार देखिएको हो ।

आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर २५८८ दशमलव ३५ को विन्दुमा पुगेको छ । आज ३२५ कम्पनीका ७२ हजार ९ सय ५७ पटकको कारोबारमा १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।

त्यस्तै, १३८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटाको छ भने  १२ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये ८ वटा बढ्दा ५ वटा घटेको छ । तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register