पूर्वडीआईजी जोशीलाई पोखरा लगिंदै

काठमाडौँ । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर पोखरा लग्ने तयारी गरेको छ । ‘जरुरी पक्राउ पूर्जी’ दिएर नियन्त्रणमा लिएपछि उनलाई थप अनुसन्धानको लागि राति ८ बजेको उडान मार्फत् पोखरा लैजान थालिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले जोशीलाई शंखमुल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । सूर्यदर्शन सहकारीको […]

Sep 22, 2024 - 15:25
 0
पूर्वडीआईजी जोशीलाई पोखरा लगिंदै

काठमाडौँ । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर पोखरा लग्ने तयारी गरेको छ । ‘जरुरी पक्राउ पूर्जी’ दिएर नियन्त्रणमा लिएपछि उनलाई थप अनुसन्धानको लागि राति ८ बजेको उडान मार्फत् पोखरा लैजान थालिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले जोशीलाई शंखमुल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register