काँग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित

विराटनगर, ६ असोज । मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको [...] The post काँग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित appeared first on Jhapa Online.

Sep 22, 2024 - 15:34
 0
काँग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित

विराटनगर, ६ असोज । मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमध्ये २१३ मत खसेको थियो ।

जसमा माओवादी केन्द्रनिकटका उम्मेद्वारहरुले १२२ मत ल्याएर विजयी भएका हुन् । जसमा डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्मु रहेका छन् । यस्तै काँग्रेस–एमाले गठबन्धनका उम्मेद्वारहरु दुर्गा भण्डारी (काँग्रेस), शान्ता लिम्बू (एमाले), पर्मिला हेम्रङ (एमाले) र इन्दु बस्नेत (काँग्रेस)बाट उम्मेद्वार बनेका थिए ।

उनीहरूले ७२ मत ल्याएका थिए । स्वतन्त्र उम्मेद्वारले ७ मत ल्याउँदा १२ मत बदर भएको जनाइएको छ । निर्वाचनमा गठबन्धनको चुनाव चिन्ह कलम थियो भने माओवादीको खुल्ला किताब र स्वतन्त्र उम्मेद्वारको घर चुनाव चिन्ह थियो । आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । गत असोज १ गते निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो ।

The post काँग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register