झापामा दुई वटा ट्रकमा आगजनी

झापा, ७ असोज । झापामा दुई वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि उनका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो [...] The post झापामा दुई वटा ट्रकमा आगजनी appeared first on Jhapa Online.

Sep 23, 2024 - 03:18
 0
झापामा दुई वटा ट्रकमा आगजनी

झापा, ७ असोज । झापामा दुई वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि उनका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

The post झापामा दुई वटा ट्रकमा आगजनी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register