संयुक्त राष्ट्रसंघले ‘विपत्ति’को चेतावनी दिँदै भन्यो –इजरायल र हेजबुल्लाहलाई पछि हट्न आग्रह छ

काठमाडौं । इजरायल र हेजबुल्लाह दुवैले आइतबार आफ्नो सीमापार आक्रमण बढाउने धम्की दिएलगतै अन्तर्राष्ट्रिय समुदायले युद्धबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्लो सीमापार युद्धले अन्तर्राष्ट्रिय क्षेत्रमा चिन्ता व्यक्त गरिएको हो। सीएनएनसँग संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले लेबनानलाई अर्को गाजामा परिणत गर्ने सम्भावना देखेर डर लागेका बताएका छन्। उनले युद्ध रोक्न आग्रह गरेका छन् । […]

Sep 23, 2024 - 04:41
 0
संयुक्त राष्ट्रसंघले ‘विपत्ति’को चेतावनी दिँदै भन्यो –इजरायल र हेजबुल्लाहलाई पछि हट्न आग्रह छ

काठमाडौं । इजरायल र हेजबुल्लाह दुवैले आइतबार आफ्नो सीमापार आक्रमण बढाउने धम्की दिएलगतै अन्तर्राष्ट्रिय समुदायले युद्धबाट पछि हट्न आग्रह गरेका छन् ।

पछिल्लो सीमापार युद्धले अन्तर्राष्ट्रिय क्षेत्रमा चिन्ता व्यक्त गरिएको हो। सीएनएनसँग संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले लेबनानलाई अर्को गाजामा परिणत गर्ने सम्भावना देखेर डर लागेका बताएका छन्। उनले युद्ध रोक्न आग्रह गरेका छन् ।

लेबनानमा संयुक्त राष्ट्रसंघका विशेष समन्वयक जेनिन हेन्निस–प्लासचर्टले एक्समा लेखेका छन् – मध्य पूर्व ‘आसन्न विपत्ति’ को संघारमा छ। यसलाई बढाउँदै लैजान हुन्न । यस विषयलाई सैन्य कारबाहीबाट समाधान गर्न सकिँदैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् –वासिङ्टनले व्यापक युद्ध फैलनबाट रोक्न सक्ने सबै कुरा गर्नेछ। यूरोपेली संघले ‘अत्यधिक’ चिन्तित भएको बताएको छ । बेलायती विदेश सचिव डेभिड लामीले ‘तत्काल युद्धविराम’ को आह्वान गरेका छन्।

इरान समर्थित समूह, इराकमा इस्लामिक प्रतिरोधले इजरायलमा क्रुज मिसाइल र विस्फोटक ड्रोन आक्रमण गरेको बताएको छ।

यता इजरायली रक्षा बल (आईडीएफ) ले भनेको छ –शनिबार राति धेरै प्रक्षेप्यास्त्रहरू रोकिएका थिए, जसमा इराकबाट प्रक्षेपण गरिएका दुई वटा पनि समावेश थिए।

इजरायलको सेनाले भनेको छ – मुख्यतया लेबनानबाट शनिबार राति र आइतबार बिहान करिब १५० रकेट, मिसाइल र अन्य प्रक्षेप्यास्त्रहरू इजरायली क्षेत्रमा प्रहार गरिएका थिए ।

केही हमलाहरू पहिलेका आक्रमणहरूभन्दा टाढासम्म पुगे थियो । जसले हजारौं इजरायलीहरूलाई बम शेल्टरमा पठाउन बाध्य पारेको थियो । हाइफा शहर नजिकका घरहरूमा क्षति पुगेको थियो ।

इजरायलले पनि दक्षिणी लेबनानका लक्ष्यहरूमा आक्रमण गर्‍यो । जसले हेजबोल्लाहका हजारौं रकेट लञ्चरहरू नष्ट गरेको गरेको थियो ।

आइतबार, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने – इजरायलले सुरक्षा पुनर्स्थापना गर्न र इजरायल–लेबनान सीमामा मानिसहरूलाई सुरक्षित रूपमा घर फर्काउन आवश्यक जे पनि कारबाही गर्नेछ।

उनले भनेका छन् – इजरायलले हेजबोल्लाहलाई यस्तो प्रहार गरिएको छ जसको उसले कल्पना पनि गर्न सकेको थिएन।

तर समूहका उप–नेता नाइम कासेमले घोषणा गरेका छन् – धम्कीले हामीलाई रोक्न सक्दैन । हामी सबै सैन्य सम्भावनाहरूको सामना गर्न तयार छौँ ।

लेबनानको राजधानी बेरुतमा इजरायलको शुक्रबारको आक्रमणमा मारिएका उच्च पदस्थ हेजबोल्लाह कमाण्डर इब्राहिम अकिलको अन्त्येष्टिमा बोल्दै उनले भने – हामी नयाँ चरणमा प्रवेश गरेका छौँ । अर्थात् इजरायलसँग खुला हिसाब किताब हुन्छ।

शेख नदीम कासेमले मृतका परिवारलाई इजरायल आफ्ना सबै उद्देश्यहरूमा असफल भएको बताएका छन् । हेजबोल्लाहले पछिल्ला तीन दिनदेखि आक्रमण जारी राखेको छ। उनले देशको उत्तरी भागमा थप इजरायली बासिन्दाहरूलाई आफ्नो घरबाट बाहिर निकालिनेछ भनेका छन् ।

ठूलो भीड सडकमा लाइन लागेर शव बोकेको पिकअप ट्रकको पछाडि उचालिएको मञ्चमा राखिएको शवलाई पछ्याउँदै थियो।

अन्त्येष्टिमा शोक र रिसको बीचमा, भेला भएका हेजबुल्लाह समर्थकहरूबाट एउटा चुनौतीको सन्देश थियो । भीडबाट अमेरिकाको मृत्यु होस् भन्ने नाराहरू लागिरहेका थिए ।

यो समारोह बेरुतको दक्षिणी उपनगर दाहिएहमा एउटा चोकमा भएको थियो । जुन हेजबोल्लाहको गढ हो ।

लेबनानी अधिकारीहरूले भनेका छन –आक्रमणमा ४५ जना मारिए, जसमा इब्राहिम अकिल र उनका १५ जना मानिसहरू समावेश छन्।

शुक्रबारको इजरायली आक्रमणमा करिब ३० नागरिकहरू पनि मारिएका थिए, जसमा पूरै परिवारहरू समावेश छन्। आज घटनास्थलमा, आफन्तहरू विशाल खाल्डोको किनारमा बसेर अवशेषहरू भेटिने आशामा थिए।

हेजबुल्लासँग सम्बन्धित मन्त्री अली हामीले भने –इजरायलले क्षेत्रलाई युद्धतर्फ तान्दैछ। क्रमणको स्थलमा बीबीसीलाई भनेका छन् – यद्यपी लेबनान युद्ध खोजिरहेको छैन।

हेजबोल्लाह लेबनानको सबैभन्दा शक्तिशाली राजनीतिक र सैन्य संगठन हो। शिया मुस्लिम संगठन धेरै राष्ट्रहरूभन्दा राम्रोसँग सशस्त्र छ। यसलाई बेलायत र अमेरिका लगायतका देशहरूले आतंकवादी संगठनको रूपमा वर्गीकृत गरेका छन्।

हेजबुल्लाह र इजरायलबीचको लडाइँ ८ अक्टोबर २०२३ मा बढ्यो । गाजाका हमास बन्दुकधारीहरूले इजरायलमा आक्रमण गरेको भोलिपल्ट हेजबुल्लाहले इजरायली ठेगानाहरूमा गोली चलायो।

हमासको दक्षिणी इजरायलमा भएको आक्रमणमा करिब १ हजार २०० जना मारिए र २५० भन्दा बढी बन्धक बनाइए । जबकि उत्तरमा ६० हजार मानिसहरूलाई त्यसयता हेजबुल्लाहको लगभग दैनिक रकेट आक्रमणका कारण खाली गराइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register