विरोधको हुने भएपछि प्रधानमन्त्रीले स्थगित गर्न लगाए न्युयोर्कको कार्यक्रम

काठमाडौं । विरोध हुने थाहा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा आफ्ना कार्यक्रम स्थगित गर्न लगाएका छन् । अमेरिकामा प्रधानमन्त्री ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको हो । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने […]

Sep 23, 2024 - 03:45
 0
विरोधको हुने भएपछि प्रधानमन्त्रीले स्थगित गर्न लगाए न्युयोर्कको कार्यक्रम

काठमाडौं । विरोध हुने थाहा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा आफ्ना कार्यक्रम स्थगित गर्न लगाएका छन् ।

अमेरिकामा प्रधानमन्त्री ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको हो । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

यद्यपी प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ ।

आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख समेत व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register