बजार विश्लेषकको रूपमा कसैलाई पनि मान्यता प्रदान गरिएको छैन : नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता नगरिएको जनाएको छ । नेप्सेले सोमबार एक सूचना जारी गर्दै हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता नगरिएको जनाएको हो । नेप्सेले सामाजिक सञ्जालमार्फत् फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा […]

Sep 23, 2024 - 13:37
 0
बजार विश्लेषकको रूपमा कसैलाई पनि मान्यता प्रदान गरिएको छैन : नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता नगरिएको जनाएको छ ।

नेप्सेले सोमबार एक सूचना जारी गर्दै हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता नगरिएको जनाएको हो ।

नेप्सेले सामाजिक सञ्जालमार्फत् फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सक्ने पनि बताएको छ ।

सूचनामा लेखिएको छ, ‘हालसम्म नेप्सेले कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गरिएको छैन, यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न सम्बन्धित सबैलाई नेप्सेले अनुरोध गर्दछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register