अखिल क्रान्तिकारीको सम्मेलन असोजको १० देखि १४ सम्म

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन असोज १० गतदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अखिल (क्रान्तिकारी) ले यो जानकारी दिएको हो । काठमाडौंको कीर्तिपुरमा हुने राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सङ्गठनकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । ‘भ्रष्टाचारको अन्त्य र […]

Sep 23, 2024 - 13:37
 0
अखिल क्रान्तिकारीको सम्मेलन असोजको १० देखि १४ सम्म

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन असोज १० गतदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अखिल (क्रान्तिकारी) ले यो जानकारी दिएको हो ।

काठमाडौंको कीर्तिपुरमा हुने राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सङ्गठनकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका लागि हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरिएको छ ।

सम्मेलनमा विधान प्रतिवेदन प्रस्तुत हुने र नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने अध्यक्ष सिंहले बताइन् । उनले राष्ट्रिय सम्मेलनका लागि ७५ जिल्लाका सम्मेलन सकिएको र सम्मेलनमार्फत प्रतिनिधि, पर्यवेक्षकको नामावली करिब टुङ्ग्याइएको बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register