फ्रान्सेली सामूहिक बलात्कार मुद्दा नयाँ प्रतिवादीहरूतर्फ अघि बढ्यो

फ्रान्स । फ्रान्सको एक अदालतले सोमबार छ नयाँ प्रतिवादीविरुद्धको मुद्दाको सुनुवाइ सुरु गरेको छ । यसले मुलुकमा त्रास सिर्जना गरेको सामूहिक बलात्कार मुद्दालाई चौथो सातामा पुर्‍याएको छ । आरोपहरू स्वीकार गरेका डोमिनिक पेलिकोटमाथि लागूपदार्थ दिइएकी आफ्नी पत्नीलाई करिब एक दशकसम्म दर्जनौँ अपरिचित व्यक्तिद्वारा बलात्कार गराएको आरोप लगाइएको छ । एकहत्तर वर्षीय पेलिकोट यस महिनाको सुरुदेखि […]

Sep 23, 2024 - 15:49
 0
फ्रान्सेली सामूहिक बलात्कार मुद्दा नयाँ प्रतिवादीहरूतर्फ अघि बढ्यो

फ्रान्स । फ्रान्सको एक अदालतले सोमबार छ नयाँ प्रतिवादीविरुद्धको मुद्दाको सुनुवाइ सुरु गरेको छ । यसले मुलुकमा त्रास सिर्जना गरेको सामूहिक बलात्कार मुद्दालाई चौथो सातामा पुर्‍याएको छ ।

आरोपहरू स्वीकार गरेका डोमिनिक पेलिकोटमाथि लागूपदार्थ दिइएकी आफ्नी पत्नीलाई करिब एक दशकसम्म दर्जनौँ अपरिचित व्यक्तिद्वारा बलात्कार गराएको आरोप लगाइएको छ ।

एकहत्तर वर्षीय पेलिकोट यस महिनाको सुरुदेखि २६ देखि ७४ वर्ष उमेरका अन्य ५० जना पुरुषसँगै मुद्दामा छन् । तीमध्ये धेरैले आरोपलाई अस्वीकार गरेका छन् र एक जनामाथि आफ्नै पत्नीलाई बलात्कार गरेको आरोप लगाइएको छ ।

पेलिकोट सोमबार दक्षिणपूर्वी फ्रान्सेली सहर एभिग्ननको अदालतमा उपस्थित भए तर यस साताको अन्त्यसम्म उनी बोल्ने छैनन् । उनकी ७१ वर्षीया पूर्वपत्नी गिसेल पेलिकोट जनताको तालीबीच अदालतमा आइपुग्दा फेरि पनि ठूलो सङ्ख्यामा अदालती कारवाही हेर्न आएका थिए ।

उनले आफ्ना कथित आक्रमणकारीहरूको व्यक्तित्वको मूल्याङ्कन विवरणहरू भावहीन भएर सुनिन् । तीमध्ये ५० सह–प्रतिवादीमध्ये सबैभन्दा कम उमेरका जोन के. पनि सामेल थिए । कथित आक्रमणको बेला उनी २२ वर्षका थिए ।

जोन के.माथि माजान सहरमा दम्पतीको घरमा गएर दुई पटक गिसेल पेलिकोटलाई बलात्कार गरेको आशंका गरिएको छ । फ्रेन्च गुयानामा जन्मिएका उनी १६ वर्षको उमेरमा आफ्नो दाजुसँग एभिग्नन आएका थिए र त्यसपछि सेनामा भर्ती भएका थिए ।

इन्टरनेटमा भेटिएकी एक महिलासँग जोन के. सम्बन्धमा रहेको तर उनीहरूबीचको समय ‘धेरै’ द्वन्द्व र ‘विवाहबाहिरका सम्बन्ध’ ले भरिएको अदालती सुनुवाइमा थाहा भएको छ । उनीहरू अलग हुने बेलामा जोन के.की साथी गर्भवती थिइन् ।

सन् २०१९ नोभेम्बरमा आफ्नी छोरीको जन्ममा उनी अनुपस्थित थिए । त्यस बेला उनीमाथि माजानमा गिसेल पेलिकोटलाई यौन आक्रमण गरेको आरोप लागेको थियो । अनुसन्धानकर्ताहरूद्वारा अवसादग्रस्त प्रवृत्तिका मानिसका रूपमा वर्णन गरिएका जोन के.लाई सातााको अन्त्यमा सुनुवाइ गरिने अपेक्षा गरिएको छ ।

अदालतले ३७ वर्षीय एन्डी आर., ३९ वर्षीय ह्युगेस एम., ४३ वर्षीय म्याथ्यु डि. र ३९ वर्षीय फाबियन एस. विरुद्धको आरोपहरू पनि विचार गर्नेछ । तीमध्ये प्रत्येकले पेलिकोट दम्पतीको घरमा एक पटक भ्रमण गरेका थिए ।

गिसेल पेलिकोट रातारात नारीवादी प्रतीक बनेकी छन् र यौन दुर्व्यवहार गर्न लागूपदार्थको प्रयोगबारे जागरुकता बढाउनका लागि मुद्दाको सार्वजनिक रूपमा सुनुवाइ गर्न माग गरेकामा प्रशंसित भएकी छन् । उनको समर्थनमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register