एटविनाको सामाजिक परीक्षण सम्पन्न

काठमाडौँ ।  महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह–नेपाल (एटविना)को सामाजिक परीक्षण सम्पन्न भएको छ । एटविनामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने देशभरका ४४ वटा सङ्घ संस्थाको आबद्धता रहेको छ ।  एटविनाद्वारा राजधानीमा आयोजित सामाजिक परीक्षण तथा २१  औ साधारण सभाको अवसरमा सो संस्थाहरूसँगको सहकार्यमा गत वर्ष आयोजित कार्यक्रम र कार्यान्वयन भएको योजनाहरूको प्रगति […]

Sep 23, 2024 - 11:39
 0
एटविनाको सामाजिक परीक्षण सम्पन्न

काठमाडौँ । 

महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह–नेपाल (एटविना)को सामाजिक परीक्षण सम्पन्न भएको छ । एटविनामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने देशभरका ४४ वटा सङ्घ संस्थाको आबद्धता रहेको छ । 

एटविनाद्वारा राजधानीमा आयोजित सामाजिक परीक्षण तथा २१  औ साधारण सभाको अवसरमा सो संस्थाहरूसँगको सहकार्यमा गत वर्ष आयोजित कार्यक्रम र कार्यान्वयन भएको योजनाहरूको प्रगति विवरण सार्वजनिक गरिएको हो । 

कार्यक्रममा विज्ञ रमेश पौडेलले एटविनाले महिला र बालबालिकाको क्षेत्रमा सञ्चालन गर्दै आएको सशक्तीकरण, मानव बेचबिखन विरुद्धका कार्यक्रम र भावी रणनीति र योजनाहरूको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

एटविना अध्यक्ष तारा भण्डारीले महिला र बालबालिकाले मानव अधिकारको हकको प्रत्याभूतिका काम गर्न लक्ष्य र उद्देश्य मिल्ने देशभरका संघ संस्थाको ऐक्यबद्धता र पहलमा विविध सकारात्मक परिणाम पनि मिलेको बताइन् । 

एटविना उपाध्यक्ष चरीमाया तामाङले  मानव बेचबिखनको समस्या विगतमा भन्दा प्रकृति फेरिएर भइरहेको अवस्थामा कतिपय घटनामा पीडितको उजुरी लिएर जाँदा प्रहरी प्रशासनले गम्भीरतापूर्वक नलिने समस्या पनि रहेको बताइन् ।उनले मानव बेचबिखन जस्तो जघन्य अपराधको निराकरणको लागि राज्यको नीति नागरिक समाज र प्रहरी प्रशासन, न्यायलयको बराबरीको भूमिका रहेकोले यो जटिल समस्यालाई हल्का रुपले टिप्पणी गरेर प्रभावित र अधिकारकर्मीको मनोबल गिराउने काम गर्न नहुनेमा जोड दिइन् । 

 एटविना कार्यकारी निर्देशक बेनुमाया गुरुङले एटविनाको स्थापनाको उद्देश्य अनुसार गर्दै आएका विविध क्रियाकलापबारे बोल्दै आन्तरिक बेचबिखनको घटना न्युनिकरणका लागि तराई क्षेत्रका ११ स्थानीय पालिकासँगको सहकार्यमा समुदाय निगरानी समूहको गठन गरेर आफ्नो क्षेत्रका बालबालिका र युवाको अवस्था, सङ्ख्यालगायत विविध विषयमा निगरानी राख्दै आएको बताइन् । 

  संस्थाका वरिष्ठ सल्लाहकार सञ्चारकर्मी टंक पन्तले एटविनाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सशक्त कार्यक्रम गरेर नीति बनाउन राज्यलाई समेत झकझकाउँदै आएको बताए । 

एटविना अर्का सल्लाहकार अधिवक्ता विष्णुमाया भुसालले मानव बचेविखनको घटना वैदेशिक रोजगारी, मानव अङ्ग झिक्न, श्रम तथा यौन शोषण गर्न, बन्धक बनाएर प्रविधिको उपयोग गरी ठगी  गर्न मात्र भइरहेको छैन, आन्तरिक बेचबिखनको अवस्था पनि निक्कै डरलाग्दो स्थितिमा रहेकोले एटविनाको भूमिकाको निरन्तरताको खाँचो रहेको बताइन् । 

अभियन्ता भगवती नेपालले मानव बेचबिखन विरुद्धको अभियानमा मानव तस्करले अभियन्ताहरूलाई नै फसाउने खेल पनि हुने अनुभव सुनाउँदै काम गर्दा निक्कै चनाखो हुन सचेत गराइन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register