प्रचण्ड, रवीन्द्र भेटबारे बाबुरामको टिप्पणी- बिरालो म्याँउ गरिछाड्यो

काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रबीचको भेट र संवाद बारे सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । मंगलबार साँझ एक स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले  दुई नेताबीचको संवादमा प्रचण्डले गरेको संकेतलाई ‘बिरालोले म्याउ गरिछाडेको’ टिप्पणी गरेका हुन् । जनयुद्धकालमा प्रचण्ड राजापरस्त र बाबुराम […]

Sep 24, 2024 - 17:13
 0
प्रचण्ड, रवीन्द्र भेटबारे बाबुरामको टिप्पणी- बिरालो म्याँउ गरिछाड्यो

काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रबीचको भेट र संवाद बारे सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
मंगलबार साँझ एक स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले  दुई नेताबीचको संवादमा प्रचण्डले गरेको संकेतलाई ‘बिरालोले म्याउ गरिछाडेको’ टिप्पणी गरेका हुन् ।

जनयुद्धकालमा प्रचण्ड राजापरस्त र बाबुराम भारतपरस्त रहेको आरोप-प्रत्यारोप चल्ने गरेको थियो । चुनवाङ बैठक आसपास भएको चर्को बहस र विवादमा भट्टराई संसदवादी नेताहरूसँग संवाद गर्ने पक्षमा थिए भने प्रचण्ड राजासँग संवाद गर्ने पक्षमा थिए । मिश्र-दाहाल भेटमा प्रचण्डले जनयुद्धकालमा केही व्यक्ति राजतन्त्रबारे अत्यन्तै नकरात्मक रहे पनि आफू राजतन्त्र बारे सकारात्मक नै रहेको बताएको रवीन्द्र मिश्रले जिकिर गरेका छन् ।

भट्टराईले यही प्रसंगमा भनेका छन्-

वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याॅउ गरिहाल्छ रे!प्रचण्ड र रवीन्द्र मिश्र वीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्यॉउ’ गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।
यसको अर्थ हो- गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साॅटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!

प्रचण्ड-रवीन्द्र भेटबारे मिश्रको व्याख्या-

प्रचण्डसँग मनका कुरा!
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।
“अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।” लामो व्याख्या सहित सारमा मैले यही भनेँ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो:
१। यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।
२। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन्।
३। द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
४। राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।
५। देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।
६। अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
७। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।
कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ/वित्नेछ भन्नेमा संभवत: उनीहरू अनभिज्ञ थिए।
म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register