झापामा ट्रकमा आगजनी गरेको आरोपमा नागरिक बचाउ महाअभियान झापा संयोजक र सहसचिव पक्राउ

झापा, ८ असोज । झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमाथि दुई वटा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियान झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू र सहसचिव ३३ वर्षीय सुरेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी [...] The post झापामा ट्रकमा आगजनी गरेको आरोपमा नागरिक बचाउ महाअभियान झापा संयोजक र सहसचिव पक्राउ appeared first on Jhapa Online.

Sep 24, 2024 - 17:06
 0
झापामा ट्रकमा आगजनी गरेको आरोपमा नागरिक बचाउ महाअभियान झापा संयोजक र सहसचिव पक्राउ

झापा, ८ असोज । झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमाथि दुई वटा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियान झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू र सहसचिव ३३ वर्षीय सुरेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । संयोजक लिम्बू हल्दिबारी–१ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका छन् भने चौधरी बिर्तामोड–७ निवासी हुन् ।

भारतको सिलिगुडीबाट प्लाइको फेस पत्ता बोकेर नेपालको सिरहातर्फ जाँदै गरेको यूपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रकमाथि गत असोज ६ गते राति कनकाई–८ स्थित विरिङ खोलाको पुलमा आगजनी गरिएको थियो ।

सोही दिशाबाट मोटरसाइकलमा आएका उनीहरुले ट्रकलाई ओभरट्याक गर्दै प्लाष्टिकको बोतलमा बोकेको आगो बलेको पेट्रोल बोतल (पेट्रोल बम) ट्रकमाथि प्रहार गरेको प्रहरीले जनाएको छ । ट्रकको क्याबिनमा पेट्रोल बम प्रहार गर्दा चालक कुमार महतो समेत घाइते भएका थिए । आगो लागेर घाइतेका चालक भाग्न सफल भए पनि ट्रक जलेर नष्ट भएको थियो ।

सोही दिन बिहानको राति २ः३० बजेको समयमा पुनः बिर्तामोड–६ गिरीबन्धु टी–स्टेटस्थित पूर्व–पश्चिम लोकमार्गमा बिर्तामोडबाट काँकरभिट्टा जाँदै गरेको पोदो रायले चलाएको डब्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा उनीहरुले पेट्रोल बम प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतीय ट्रक र चालकलाई लक्षित गरी आगजनी गरिँदा चालक समेत घाइते भएको प्रहरीले जनाएको छ । आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा झापा जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रवक्ता चन्दले बताउनुभयो । घटनामा संलग्न अन्य फरार प्रतिवादीको खोजी कार्य तीव्र पारिएको उहाँले बताउनुभयो ।

The post झापामा ट्रकमा आगजनी गरेको आरोपमा नागरिक बचाउ महाअभियान झापा संयोजक र सहसचिव पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register