झापा गाउँपालिकाबाट लागुऔषध एक जना पक्राउ

झापा, ८ असोज । झापाको झापा गाउँपालिका–६ बाट आज प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका–६ शरणमति स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा–५ पन्थपाडाका ४२ वर्षीय तेहेरुदिन शेखलाई भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनले लगाएको हाप पाइन्टको दाहिने साइडको गोजीमा लुकाई छिपाई ल्याउँदै गरेको [...] The post झापा गाउँपालिकाबाट लागुऔषध एक जना पक्राउ appeared first on Jhapa Online.

Sep 24, 2024 - 16:34
 0
झापा गाउँपालिकाबाट लागुऔषध एक जना पक्राउ

झापा, ८ असोज । झापाको झापा गाउँपालिका–६ बाट आज प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

झापा गाउँपालिका–६ शरणमति स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा–५ पन्थपाडाका ४२ वर्षीय तेहेरुदिन शेखलाई भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनले लगाएको हाप पाइन्टको दाहिने साइडको गोजीमा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकसहित ३२ ग्राम १६० मिलिग्राम र प्लाष्टिक बाहेक २८ ग्राम ३५० मिलिग्राम फेला पारेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापा गाउँपालिकाबाट लागुऔषध एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register