श्रीलंकाको संसद् भंग, संसदीय निर्वाचन घोषणा

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । अब संसदीय निर्वाचन हुनेछ । नोभेम्बर १४ मा संसदीय निर्वाचन हुने सरकारी राजपत्रमा उल्लेख छ । २२५ सिटमध्ये संसद्‌मा दिसानायकेको पार्टी नेशनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको छ । यसअघि दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्री चयन गरेका थिए । श्रीलंकाको इतिहासमा […]

Sep 25, 2024 - 06:49
 0
श्रीलंकाको संसद् भंग, संसदीय निर्वाचन घोषणा

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । अब संसदीय निर्वाचन हुनेछ । नोभेम्बर १४ मा संसदीय निर्वाचन हुने सरकारी राजपत्रमा उल्लेख छ ।

२२५ सिटमध्ये संसद्‌मा दिसानायकेको पार्टी नेशनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको छ ।

यसअघि दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्री चयन गरेका थिए । श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बनेको यो तेस्रो पटक हो ।

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसदीय निर्वाचनका लागि छिट्टै संसद् विघटन गर्ने बताएका थिए ।

उनले आफ्नो नीतिलाई कार्यान्वयन गर्न सकेसम्म चाँडो निर्वाचन हुने बताए । उनले यसअघि जनताको इच्छाविपरीत बनेको संसद्लाई निरन्तरता दिनुको कुनै अर्थ नभएको बताए ।

यसअघि सन् २०२० को अगस्टमा श्रीलंकामा आम निर्वाचन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register