मकवानपुरको सिस्नेरीस्थित एन्फा क्याम्पका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोले पुरेको आशंका

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा राखेको युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन भएका छन् । शनिबार बिहान कुलेखानी जलाशय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएका हुन् । स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक […]

Sep 28, 2024 - 08:29
 0
मकवानपुरको सिस्नेरीस्थित एन्फा क्याम्पका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोले पुरेको आशंका

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा राखेको युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन भएका छन् ।

शनिबार बिहान कुलेखानी जलाशय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएका हुन् ।

स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा ३७ जना खेलाडी राखिएका थिए । उनीहरुलाई सुरक्षित स्थानमा लैजान खोज्दा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुने विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, मकवानपुरका सुमन योन्जन, निजगढका विकल रेग्मी, मकवानपुरका दिवस बानियाँ छन् ।

अहिले त्यहाँ प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register