बाढीपहिरो अपडेट : काठमाडौं उपत्यकामा ३२ सहित देशभर ५० जनाको मृत्यु

काठमाडौं । उपत्यकामा बाढी-पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार मृतकको संख्या ३२ पुगेको हो । काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी जम्मा ३२ जनाको मृत्यु भएको एसएसपी घिमिरेले बताए । यस्तै, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा […]

Sep 28, 2024 - 09:49
 0
बाढीपहिरो अपडेट : काठमाडौं उपत्यकामा ३२ सहित देशभर ५० जनाको मृत्यु

काठमाडौं । उपत्यकामा बाढी-पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार मृतकको संख्या ३२ पुगेको हो ।

काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी जम्मा ३२ जनाको मृत्यु भएको एसएसपी घिमिरेले बताए ।

यस्तै, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १/१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् ।

अहिले काठमाडौं उपत्यकामा मात्रै साढे ४ हजार बढी सुरक्षाकर्मी परिचालन छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register