बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

जलेश्व । महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छ भने बालिकाको जीवितै उद्धार गरिएको छ । शनिबार दिउँसो करिब १ बजे स्थानीय नारायण साहका छोरा १६ वर्षीय रोहन साह र नागेन्द्र महतोकी छोरी ११ वर्षीया करिना महतो सोनी खोलामा आएको […]

Sep 28, 2024 - 15:21
 0
बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

जलेश्व । महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छ भने बालिकाको जीवितै उद्धार गरिएको छ ।

शनिबार दिउँसो करिब १ बजे स्थानीय नारायण साहका छोरा १६ वर्षीय रोहन साह र नागेन्द्र महतोकी छोरी ११ वर्षीया करिना महतो सोनी खोलामा आएको बाढी हेर्न गएको बेला उनीहरूलाई खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

बाढीले बगाएकी बालिका करिनालाई ५०० मिटर तल झाडीबाट प्रहरीले जीवितै उद्धार गरेको छभने किशोर रोहनको आज दिउँसो ४ बजे मृत्यु भएको अवस्थामा साढे तीन किलोमिटर तल खोलामै शव परेको थियो । त्यसैगरी, जिल्लाको बर्दिबास नगरपालिका–११ स्थित खयरमारा नदीमा अन्दाजी २१ वर्षीय पुरुषको शव माथिबाट बाढीले बगाएर ल्याएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register