खराब ब्याटिङकारण नेपाल क्यानडासँग १४ रनले पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर अनिल […]

Sep 29, 2024 - 00:09
 0
खराब ब्याटिङकारण नेपाल क्यानडासँग १४ रनले पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

ओपनर अनिल साह ९ र आसिफ शेख ८ रनमा आउट भए । देव खनाल ११, कुशल मल्ल १२, मध्यक्रममा झरेका कुशल भुर्तेल ७, दीपेन्द्रसिंह ऐरी ६, सोमपाल कामी १, सन्दीप लामिछाने १० र करण केसी ५ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । साद बिन जाफरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । प्रविन कुमार र अखिल कुमारले १–१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । साद बिन जाफरले १८ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाए । श्रेयस मोभ्भाले २३ बलमा १ चौका र १ छक्कासहित २२, आरोन जोनसन ९, नवनित धालिवाल १४, निकोलस किर्टोन ५ र हर्ष ठाकेरले १ रन बनाए ।

त्यसैगरी प्रविन कुमारले १३ बलमा २ छक्कासहित १९ तथा अखिल कुमारले १४ रन जोडे । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । डेब्यू गरेका बलर रिजन ढकालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register