दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

केप टाउन । दक्षिण अफ्रिकी प्रहरीले देशको पूर्वी केप प्रान्तमा १७ व्यक्तिलाई गोली हानी हत्या गरेपछि तत्काल खोजी सुरु गरेको अधिकारीले शनिबार बताएका छन् । शनिबार बिहान लुसिकिसिकी शहरमा उक्त घटना भएको पूर्वी केप प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ । ‘आक्रमणका क्रममा एउटा घरमा १२ महिला र एक पुरुषसहित १३ जनाको ज्यान गएको छ […]

Sep 29, 2024 - 01:21
 0
दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

केप टाउन । दक्षिण अफ्रिकी प्रहरीले देशको पूर्वी केप प्रान्तमा १७ व्यक्तिलाई गोली हानी हत्या गरेपछि तत्काल खोजी सुरु गरेको अधिकारीले शनिबार बताएका छन् ।

शनिबार बिहान लुसिकिसिकी शहरमा उक्त घटना भएको पूर्वी केप प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

‘आक्रमणका क्रममा एउटा घरमा १२ महिला र एक पुरुषसहित १३ जनाको ज्यान गएको छ भने अर्को घरमा पनि चार जनाको मृत्यु भएको छ,’ दक्षिण अफ्रिकी प्रहरी सेवा (एसएपीएस) का राष्ट्रिय प्रवक्ता एथलेन्डा माथेले विज्ञप्तिमार्फत जानकारी गराए ।

माथेले भने –आक्रमणमा कुल १५ महिला र दुई पुरुषको मृत्यु भएको छ । अठारौँ व्यक्ति गम्भीर घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले फरेन्सिक विशेषज्ञ र अनुसन्धानकर्ताहरूको टोलीलाई घटनासँग जोडिएका तथ्य सङ्कलन गर्न खटाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register