ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौका

काठमाडौँ । काठमाडौँको न्युरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनका गरगहना बनाउँदा ग्राहकहरूले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । ज्वेलरीका अनुसार मंसिर ३ सम्म चल्ने यस योजनामा डायमन्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, […]

Sep 30, 2024 - 08:29
 0
ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौका

काठमाडौँ । काठमाडौँको न्युरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनका गरगहना बनाउँदा ग्राहकहरूले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ ।

ज्वेलरीका अनुसार मंसिर ३ सम्म चल्ने यस योजनामा डायमन्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाँडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाँडावर्तनमा प्रतितोला दुई सय रुपैयाँ ज्याला लाग्ने गर्दछ ।

दुई महिने यस योजनामा बम्पर उपहार अन्तर्गत एक जना भाग्यशाली विजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा दुई पटक गरगहना खरिद गरेको हुनुपर्नेछ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत विजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउँछन् ।

प्रत्येक महिना एक जोडी दम्पतीलाई लक्की ड्र मार्फत चितवन वा पोखराको टुर प्याकेज उपलब्ध गराइनेछ । यस अन्तर्गत दुई महिनामा दुई दम्पतीले यो अफर पाउनेछन् । साथै, प्रत्येक महिना एक दम्पतीलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’ समेत प्रदान गरिनेछ । दुई महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत २ महिनामा दुई दम्पतीले यो मौका पाउनेछन् ।

यस्तै, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’ को तर्फबाट दुई जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

हरेक हप्ता विभिन्न अफर

ह्वाइट फेदर्स ज्वेलरीले हरेक हप्ता ग्राहकहरुले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ । यस अन्तर्गत २ महिनासम्म हरेक हप्ता एक एक जनाले ‘गिगी मेकअप स्टुडियो’को तर्फबाट १० हजार बराबरको ‘हाइड्रो फेसीयल’ गर्न पाउनेछन् ।

यस्तै, प्रत्येक हप्ता एक जनाले स्कुटर ब्राण्ड भेष्पाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पको तर्फबाट आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । साथै, यस अन्तर्गत नै ह्वाइट फेदर्स ज्वेलरीबाट गरगहना किनेका ग्राहकहरुले भेष्पा स्कुटर खरिदमा आकर्षक छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यी सबै उपहार योजना सबै खालका गरगहना खरिदमा लागू हुनेछ । ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक सञ्चालक स्किनर रसाइलीका अनुसार मंसिर ३ गतेसम्म चल्ने यस योजनाले ग्राहकहरूलाई सुनचाँदीका गरगहना खरिदमा सहुलियत प्रदान गर्नेछ भने विभिन्न उपहारसहित बम्परमा हालै मात्रै लन्च भएको ‘आईफोन १६’ जित्ने मौका समेत प्राप्त हुने ज्वेलरीले जनाएको छ ।

काठमाडौँको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register