छविलाल जोशीलाई छाड्न माग गर्दै छोराले सर्वोच्चमा दिएको निवेदनमा आज पेसी

काठमाडौं । गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई छाड्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता भएको छ । गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो । ६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा लगिएको छ । छविलाल जोशीका तर्फबाट छोरा रोचक जोशीले […]

Sep 30, 2024 - 08:09
 0
छविलाल जोशीलाई छाड्न माग गर्दै छोराले सर्वोच्चमा दिएको निवेदनमा आज पेसी

काठमाडौं । गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई छाड्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता भएको छ । गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो ।

६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा लगिएको छ ।

छविलाल जोशीका तर्फबाट छोरा रोचक जोशीले थुनामुक्त माग गर्दै निवेदन दर्ता गरेका हुन् । आइतबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो भने सोमबार पेसी तोकिएको छ । आज न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको  थियो । पोखरामा उनको बयान सकिएको छ भने थप अनुसन्धान भइरहेको छ ।

संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनमा जोशीलाई पनि कारबाही गर्न सिफारिस गरिएको थियो । प्रतिनिधिसभामा पेस भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका थिए ।

असोज ४ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो । गृहमा पुगे लगत्तै पूर्वडीआईजी जोशीलाई पक्राउ गरिएको हो ।

उनी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम गोरखा मिडियामा लगानी गरेको पाइएको थियो ।

यसमा जोशीसँगै पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जीवी राईलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ । राई गोरखा मिडियाका अध्यक्ष हुन् भने लामिछाने त्यति वेला प्रबन्ध निर्देशक थिए ।

विभिन्न ५ सहकारीबाट  गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् । तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन् । गोर्खा मिडियाका सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register