बाढीका कारण मधेसमा ३ जनाको मृत्यु, पाँच बेपत्ता

जनकपुरधाम । पछिल्लो पटकको तीन दिनको अविरल वर्षासँगै आएको बाढीका कारण मधेस प्रदेशमा पनि जनधनको धेरै क्षति भएको छ। मधेस प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशमा बाढीबाट ३ जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता छन् । ८ जना घाइते भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुवास बोहराका अनुसार महोत्तरीमा २ र सप्तरीमा १ जनाको मृत्यु […]

Sep 30, 2024 - 08:09
 0
बाढीका कारण मधेसमा ३ जनाको मृत्यु, पाँच बेपत्ता

जनकपुरधाम । पछिल्लो पटकको तीन दिनको अविरल वर्षासँगै आएको बाढीका कारण मधेस प्रदेशमा पनि जनधनको धेरै क्षति भएको छ।

मधेस प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशमा बाढीबाट ३ जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता छन् । ८ जना घाइते भएका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुवास बोहराका अनुसार महोत्तरीमा २ र सप्तरीमा १ जनाको मृत्यु भएको छ । सर्लाहीमा १ जना बेपत्ता छन् ।

महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ भने सप्तरी बलान बिहुल गाउँपालिका– ४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका ८ वर्षीय प्रीन्सकुमार साह मृत भेटिएका छन् ।

महोत्तरीकै बर्दिवास नगरपालिका–११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खैरमारा खोलाले बगाएर मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका– ९ स्थित सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन् ।

त्यस्तै महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार तथा उनकी श्रीमती माया परियार बेपत्ता भएका छन् ।

प्रदेशमा ९६ घर परिवारका ४ सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । गौर कारागारमा बागमतीको पानी पसेपछि १२ जना महिला थुनुवालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको छ ।

धनुषा–सिरहाको सीमामा अवस्थित कमला नदीले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । कमला नगरपालिकाको हथमुन्डामा कमला नदी छेउमै निर्माण गरिएको बाँधको माथिल्लो भागमा क्षति भएको छ भने सोही नगरपालिकाको वडा नम्बर ५ स्थित लक्कडदेखि फूलबरियासम्मको बाटो कटान भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register