कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक मङ्गलबार (भोलि) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठकमा प्राकृतिक विपत्तिसहित वर्तमान राजनीतिक घटनाबारे छलफल हुनेछ । तीनदिने विपद्‌का पीडितहरूलाई पार्टीका तर्फबाट राहत कोषमा ५० लाख रुपैयाँ राख्ने निर्णय कांग्रेसले […]

Sep 30, 2024 - 08:25
 0
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

बैठक मङ्गलबार (भोलि) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठकमा प्राकृतिक विपत्तिसहित वर्तमान राजनीतिक घटनाबारे छलफल हुनेछ ।

तीनदिने विपद्‌का पीडितहरूलाई पार्टीका तर्फबाट राहत कोषमा ५० लाख रुपैयाँ राख्ने निर्णय कांग्रेसले गरिसकेको छ ।

यसका साथै कांग्रेस सांसदहरूले १५/१५ दिनको तलब पनि कोषमा राख्ने बताइएको छ । बैठकले यसबारे निर्णय गर्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register