सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको लाभांश घोषणा

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको लाभांश घोषणा भएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनफाबाट लाभांश दिने घोषणा गरेको हो । बैठकले सेयरधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड-१ बाट कर सहित ९ प्रतिशत नगद लाभांश, सिटिजन्स म्युचुअल फण्ड-२ बाट कर सहित ६. ५ […]

Sep 30, 2024 - 07:05
 0
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको लाभांश घोषणा

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको लाभांश घोषणा भएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनफाबाट लाभांश दिने घोषणा गरेको हो ।

बैठकले सेयरधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड-१ बाट कर सहित ९ प्रतिशत नगद लाभांश, सिटिजन्स म्युचुअल फण्ड-२ बाट कर सहित ६. ५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि मिति २०८१ आश्विन २३ गते एक दिन सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड को ईकाइधनी दर्ता किताब बन्द रहने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत पनि सिटिजन्स क्यापिटलले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका तिनै वटा योजनाहरुमा लाभांस दिन सक्षम भएको छ । क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register