दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर, आरोप पुष्टि भए ५ वर्षसम्म कैद सजाय हुने

सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका सङ्ग्रौला (ज्वाला)को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्काे पनि मुद्दा थपिएको छ । उनीविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका छन् ।

Sep 30, 2024 - 12:29
 0
दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर, आरोप पुष्टि भए ५ वर्षसम्म कैद सजाय हुने

काठमाडौं । साइबर क्राइम मुद्दामा ‘भाइरलम्यान’ दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका सङ्ग्रौला (ज्वाला)को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्काे पनि मुद्दा थपिएको छ । उनीविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका छन् ।

प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए ।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने फरार छन् ।

आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि टिका सङ्ग्रौलाले ब्युरोमा जाहेरी दिएकी  थिईन् । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register