हिजबुल्लाह उपप्रमुख भन्छन्- इजरायलको स्थलगत आक्रमण सामना गर्न तयार छौँ

काठमाडौं। हिजबुल्लाहका उपप्रमुख नैम कासिमले इजरायलको स्थलगत आक्रमणको प्रतिकारका लागि तयार रहेको बताएका छन् । इजरायलले लेबनानमा स्थलगत आक्रमण गर्ने तयारी गरिरहेको समाचार आइरहँदा सोमबार एक सन्देश जारी गर्दै उपप्रमुख कासिमले त्यसको सामना गर्ने बताएका हुन् । उनले इजरायलविरुद्धको आक्रमणलाई निरन्तरता दिने बताए । पछिल्लो समयमा गरिएका आक्रमण न्यूनतम मात्र रहेको र युद्ध थप लम्बिन […]

Sep 30, 2024 - 12:13
 0
हिजबुल्लाह उपप्रमुख भन्छन्- इजरायलको स्थलगत आक्रमण सामना गर्न तयार छौँ

काठमाडौं। हिजबुल्लाहका उपप्रमुख नैम कासिमले इजरायलको स्थलगत आक्रमणको प्रतिकारका लागि तयार रहेको बताएका छन् ।

इजरायलले लेबनानमा स्थलगत आक्रमण गर्ने तयारी गरिरहेको समाचार आइरहँदा सोमबार एक सन्देश जारी गर्दै उपप्रमुख कासिमले त्यसको सामना गर्ने बताएका हुन् ।

उनले इजरायलविरुद्धको आक्रमणलाई निरन्तरता दिने बताए । पछिल्लो समयमा गरिएका आक्रमण न्यूनतम मात्र रहेको र युद्ध थप लम्बिन सक्ने कासिमको भनाई छ ।

उनले शुक्रबार मारिएका हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको स्थानमा नयाँ नेता छिट्टै चुनिने समेत बताएका छन् ।

नसरल्लाहको स्थान लिन सक्ने थुप्रै कमाण्डर र उच्च–पदस्त अधिकारी रहेको भन्दै उनले हिजुबुल्ल्लाहको परिषदले यसबारे निर्णय लिने बताए ।

अप्रत्यासित नतिजाको सामना गर्न परे पनि हिजबुल्लाह इजरायलविरुद्धको लडाइँमा अडिग रहने भन्दै उनले लेबनानका नागरिक र सरकारलाई धन्यवाद समेत दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register