चिचिण्डोको मूल्य ३० रुपैयाँले बढ्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज चिचिण्डोको मूल्य बढेको छ । चिचिण्डोको मूल्य ३० रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा […]

Sep 30, 2024 - 07:21
 0
चिचिण्डोको मूल्य ३० रुपैयाँले बढ्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज चिचिण्डोको मूल्य बढेको छ । चिचिण्डोको मूल्य ३० रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७३ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२५ रुपैयाँ, लोकल गाजर २००  रुपैयाँ, तराई गाजर १८० रुपैयाँ, बन्दा लोकल १०० रुपैयाँ, बन्दा तराई ८० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ९० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी १००, मकै बोडी ९०, घिउ सिमी लोकल ९०, टाटे सिमी ९०, भटमासकोसा ४५ रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ९०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला १३०, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ४०, बरेला १२०, पिंडालू ६०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १८०, कन्य च्याउ १६०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो ४५०, न्युरो ७०, ब्रोकाउली १५०, चुकन्दर ९०, जिरीको साग ९०, सेलेरी ७००, पार्सले २०००, पुदिना ७००, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १५०, खुर्सानी हरियो (बुलेट) १८०, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १२०, हरियो लसुन २५०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(झोले) २५०, केरा (दर्जन) १४०, कागती २००, अनार ३००, अंगुर (कालो) ३००, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ९०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register