सहकारी ठगी मुद्दामा मेयर देवकुमार नेपालीको बयान सुरु

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको बागलुङ जिल्ला अदालतमा सोमबार बयान सुरु भएको छ । सहकारी ठगी मुद्दाका आरोपी नेपालीलाई प्रहरीले बिहान ११ बजे अदालत लगेर पौने १२ बजे बयानका लागि बोलाएको हो । स्रेस्तेदार शिवहरि सुवेदीका अनुसार नेपालीको बयान जारी छ । बयान सकिएपछि उनलाई इजलासमा पेस गरिने […]

Sep 30, 2024 - 08:09
 0
सहकारी ठगी मुद्दामा मेयर देवकुमार नेपालीको बयान सुरु

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको बागलुङ जिल्ला अदालतमा सोमबार बयान सुरु भएको छ ।

सहकारी ठगी मुद्दाका आरोपी नेपालीलाई प्रहरीले बिहान ११ बजे अदालत लगेर पौने १२ बजे बयानका लागि बोलाएको हो ।
स्रेस्तेदार शिवहरि सुवेदीका अनुसार नेपालीको बयान जारी छ । बयान सकिएपछि उनलाई इजलासमा पेस गरिने छ ।
शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार राति मात्र बागलुङ ल्याइएको थियो । उनलाई आइतबार जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो ।

२०८० वैशाख ७ गते तरलता अभाव देखाएर सहकारी बन्द भएको थियो । जेठ ४ गतेदेखि नेपाली बेपत्ता थिए । उनीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो ।

नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखसमेत हुन् । उनले एमालेको तर्फबाट दुई पटकसम्म निर्वाचन जितेर प्रमुख बनेका थिए ।

यो मुद्दामा सहकारीका अन्य पदाधिकारीहरू पनि संलग्न छन् । चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पहिले नै पक्राउ परिसकेका छन् । जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए । त्यही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register