सवारी दुर्घटनामा घाइत बिर्तामोडका अनिस न्यौपानेको उपचारको क्रममा मृत्यु

झापा, १४ असोज । झापाको बिर्तामोडमा दुर्घटनामा घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार बिर्तामोड–१० ठुटेबरस्थित बिर्ताबजारबाट सैनिकबजार तर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड–१० का २७ वर्षीय अनिस [...] The post सवारी दुर्घटनामा घाइत बिर्तामोडका अनिस न्यौपानेको उपचारको क्रममा मृत्यु appeared first on Jhapa Online.

Sep 30, 2024 - 12:34
 0
सवारी दुर्घटनामा घाइत बिर्तामोडका अनिस न्यौपानेको उपचारको क्रममा मृत्यु

झापा, १४ असोज । झापाको बिर्तामोडमा दुर्घटनामा घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार बिर्तामोड–१० ठुटेबरस्थित बिर्ताबजारबाट सैनिकबजार तर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड–१० का २७ वर्षीय अनिस न्यौपाने र मोटरसाइकल पछाडी सवार सोही स्थानका ३८ वर्षीय टिकाराम राय घाइते भएका थिए ।

उनीहरुको बीएण्डसी अस्पताल उपचार भइरहेकोमा आज दिउँसो मोटरसाइकल चालक न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।

The post सवारी दुर्घटनामा घाइत बिर्तामोडका अनिस न्यौपानेको उपचारको क्रममा मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register