सेयर बजारमा ४४ अंकको वृद्धि, कारोबार रकम झन् घट्यो 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उत्साह देखिएको छ । लामो समयदेखि ओरालो लागिरहेको बजारमा आज भने एकै दिन ४४ अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेर २४०८ दशमलव ८६ को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका ५० हजार ६ सय ८० पटकको कारोबारमा ९७ लाख […]

Sep 30, 2024 - 10:45
 0
सेयर बजारमा ४४ अंकको वृद्धि, कारोबार रकम झन् घट्यो 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उत्साह देखिएको छ । लामो समयदेखि ओरालो लागिरहेको बजारमा आज भने एकै दिन ४४ अंकको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेर २४०८ दशमलव ८६ को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका ५० हजार ६ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ मात्र रहेको छ ।

आइतबारको तुलनामा आज कारोबार रकम घटेको छ । आइतबार कारोबार रकम ४ अर्ब ५ करोड ५ लाख रहेको थियो । सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ भने १ वटा स्थिर रहेको छ । आज म्युचुअल फन्ड सामान्य घट्दा अन्य १३ उपसमूहमा हरियाली देखिएको छ ।

सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register