लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा ३ जना प्यालेस्टिनी नेताको मृत्यु

काठमाडौं । अतिवादी समुह ‘द पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन’ पीएफएलपीले लेबनानमा इजरायलले गरेको आक्रमणमा आफ्ना ३ नेता मारिएको बताएको छ । बेरुतको कोला क्षेत्रमा भएको आक्रमणमा पीएफएलपीका ३ नेता मारिनुका साथै ४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यसअघि इजरायली आक्रमणमा हमासका नेता पनि मारिएका थिए । त्यसअघि […]

Sep 30, 2024 - 10:45
 0
लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा ३ जना प्यालेस्टिनी नेताको मृत्यु

काठमाडौं । अतिवादी समुह ‘द पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन’ पीएफएलपीले लेबनानमा इजरायलले गरेको आक्रमणमा आफ्ना ३ नेता मारिएको बताएको छ ।

बेरुतको कोला क्षेत्रमा भएको आक्रमणमा पीएफएलपीका ३ नेता मारिनुका साथै ४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि इजरायली आक्रमणमा हमासका नेता पनि मारिएका थिए । त्यसअघि इरानका वरिष्ठ कमाण्डरका साथै हिजबुल्लाहका प्रमुखसहित दर्जनौं नेताको पनि मृत्यु भइसकेको छ ।

यसैबीच इजरायलको दक्षिणी क्षेत्रमा लेबनानबाट ३५ वटा रकेट प्रहार गरिएको छ । केही रकेट नष्ट गरिएको र केही खुला स्थानमा खसेको इजरायली सेनाले बताएको छ ।

यी पनि पढनुहोस :

लेबनानमा भएको इजरायली हवाई आक्रमणमा हमासका नेता अमिन समेत मारिए

कस्तो देश हो लेबनान ? किन भइरहेको छ इजरायल-हिज्बुल्लाह युद्ध ?

दोस्रो गाजा बन्दै लेबनान

इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख नसरल्लाहको मृत्यु भएको पुष्टि

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register