अखिल क्रान्तिकारीको निर्वाचन दुई चरणमा हुने

काठमाडौं । अखिल (क्रान्तिकारी) को निर्वाचन दुई चरणमा हुने भएको छ । पहिलो उमेर हदसम्बन्धी र दोस्रो नेतृत्व चयनका लागि गरी दुई चरणमा निर्वाचन हुने महासचिवका आकाङ्क्षी हेमन्त राईले जानकारी दिए । यसअघि मातृपार्टी नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर, नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । अध्यक्षका आकाङ्क्षी […]

Sep 30, 2024 - 12:09
 0
अखिल क्रान्तिकारीको निर्वाचन दुई चरणमा हुने

काठमाडौं । अखिल (क्रान्तिकारी) को निर्वाचन दुई चरणमा हुने भएको छ ।

पहिलो उमेर हदसम्बन्धी र दोस्रो नेतृत्व चयनका लागि गरी दुई चरणमा निर्वाचन हुने महासचिवका आकाङ्क्षी हेमन्त राईले जानकारी दिए ।

यसअघि मातृपार्टी नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर, नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो ।

अध्यक्षका आकाङ्क्षी नरेश रेग्मी शर्माका अनुसार यसपछि उमेर हदसम्बन्धी पनि निर्वाचन हुने भएको हो ।

“मतपत्रमा लगाउने वा नलगाउने विकल्पमा मतदान हुनेछ । नलगाउने पक्षमा बहुमत आए लगाउने विषय समाप्त हुनेछ । लगाउने पक्षमा बहुमत आए २८, ३० वा ३२ मा कुनमा बहुमत छ, त्यही हुनेछ,” शर्माले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register