काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न समिति गठन

काठमाडौँ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न सहजीकरण समिति गठन गरेको छ । यसअघि प्रधानमन्त्री एवं काठमाण्डौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको सिनेट बैठकमा सिनेट सदस्य एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले दुई संस्थाबीचको विवाद समाधानका लागि सहजीकरण समिति गठन गर्न प्रस्ताव गरेका थिए […]

Aug 29, 2024 - 13:53
 0
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न समिति गठन

काठमाडौँ। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न सहजीकरण समिति गठन गरेको छ । यसअघि प्रधानमन्त्री एवं काठमाण्डौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको सिनेट बैठकमा सिनेट सदस्य एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले दुई संस्थाबीचको विवाद समाधानका लागि सहजीकरण समिति गठन गर्न प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बमोजिम मन्त्रालयको भदौ ९ गते बसेको बैठकले सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, पूर्व मन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटा, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठ, प्रा.डा. सिताराम अधिकारी, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु रहेका छन्।

विश्वविद्यालय र धुलिखेल अस्पतालबीच उत्पन्न असमझदारीका कारण दुवै संस्थाको कार्य सम्पादनमा गम्भीर  असर परिरहेको समेत मन्त्रालयले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register