वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन

वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ । वीर अस्पतालमै एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा आज दिउसो उनको निधन भएको हो । हिजोसम्म डिउटीमै खटिएकी रेग्मी आज पूर्वनिर्धारित योजना अनुसार साघुरिएको मुटुको इलाज गर्न आफैले गाडी चलाएर आफैले काम गर्ने वीर अस्पताल पुगेकी थिईन् । परीक्षण पछि त्यहाँका मुटु […]

Aug 29, 2024 - 17:01
 0
वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन

वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ । वीर अस्पतालमै एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा आज दिउसो उनको निधन भएको हो ।

हिजोसम्म डिउटीमै खटिएकी रेग्मी आज पूर्वनिर्धारित योजना अनुसार साघुरिएको मुटुको इलाज गर्न आफैले गाडी चलाएर आफैले काम गर्ने वीर अस्पताल पुगेकी थिईन् ।

परीक्षण पछि त्यहाँका मुटु विभागका चिकित्सकहरुले एन्जीयोप्लास्टी गरेर साँघुरिएको दुईवटा रक्तनलीमा स्टेन्ट हालेका समेत थिए । तर अचानक उनको स्वास्थ्य विग्रिया, मुटु बन्द भयो र निधन भयो । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले

एन्जीयोप्लास्टी अहिले सामान्य भनिए पनि कहिले काँही नसोचेका जटिल यस भित्र आइदिने भन्दै नर्सिङ इन्जार्च रेग्मीको केशमा पनि त्यहि भएको उनले बताए । ‘वीर अस्पतालको पुरानो र सिनियर दिदी हो । हिजो सम्म बिरामीको सेवा गरिरहेको र आज पनि आफै गाडी हाँकेर आउनु भएको थियो ।

साँघुरिएको मुटुको रक्तनलीमा स्टेन्ट हाल्नका लागि वीरकै विभागमा भर्ना हुनु भयो । तर एक्कासी कम्प्लिकेसन आयो,’ डा.पौडेलले अगाडी थपे, ‘हामी सबै वीर परिवार नै स्तव्ध छौँ ।’ मृतक रेग्मीको एक जना छोरी विदेशबाट आउनु पर्ने भएकोले उनको शबलाई त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register