युक्रेनको ड्रोन आक्रमणमा रुसका उर्जा पूर्वधारमा आगलागी

काठमाडौं। युक्रेनले गरेको ड्रोन आक्रमणका कारण रुसका २ उर्जा पूर्वाधारमा आगलागी भएको छ। १५८ युक्रेनी ड्रोनले मस्कोलगायत १५ भन्दा बढी क्षेत्रलाई निशाना बनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाले यी सबै ड्रोन नष्ट गरेको दाबी गरेको छ। तेल रिफाइनरीमा भएको आक्रमणका कारण आगलागी भएको मस्कोका मेयर सर्गेई सोब्यानिन ले बताएका छन् । रुसको […]

Sep 1, 2024 - 11:17
 0
युक्रेनको ड्रोन आक्रमणमा रुसका उर्जा पूर्वधारमा आगलागी

काठमाडौं। युक्रेनले गरेको ड्रोन आक्रमणका कारण रुसका २ उर्जा पूर्वाधारमा आगलागी भएको छ।

१५८ युक्रेनी ड्रोनले मस्कोलगायत १५ भन्दा बढी क्षेत्रलाई निशाना बनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाले यी सबै ड्रोन नष्ट गरेको दाबी गरेको छ।

तेल रिफाइनरीमा भएको आक्रमणका कारण आगलागी भएको मस्कोका मेयर सर्गेई सोब्यानिन ले बताएका छन् । रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा ११ ड्रोनले निशाना बनाएको मेयर सोब्यानिनले बताए ।

मस्कोभन्दा १२० किमि टाढा तीयोर क्षेत्रस्थित कोनाकोवो पावर स्टेशनमा ठुलो विष्फोटको आवाज सुनिएको थियो ।  कशिरा पावर प्लान्टमा ड्रोन आक्रमणको प्रयास भएपनि क्षतिको विवरण आउन सकेको छैन ।

युक्रेनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register