एन्फा महिला लिग : उदघाट्न खेलमा कोशीले वालिङलाई हरायो
काठमाडौं । एन्फा महिला लिग फुटबलको उद्घाटन खेलमा कोशी प्रदेश फुटबल संघले वालिङ नगरपालिकालाई पराजित गरेको छ । आईतबार भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलअन्तरले पराजित गरेको हो । कोशीका लागि समीक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतिक्षा राईले १-१ गोल गरे । अर्को खेलमा सोमबार दिउँसो सुदूरपश्चिम र बागमती युथ क्लबबीच प्रतिस्पर्धा […]
काठमाडौं । एन्फा महिला लिग फुटबलको उद्घाटन खेलमा कोशी प्रदेश फुटबल संघले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।
आईतबार भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
कोशीका लागि समीक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतिक्षा राईले १-१ गोल गरे ।
अर्को खेलमा सोमबार दिउँसो सुदूरपश्चिम र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
What's Your Reaction?