शारीरिक सुगठन प्रतियोगिता : पुरुषतर्फको उपाधि गुरुङ र महिलातर्फ उपाधि रिता बिकलाई

बुटवल  ।  प्रथम तिलोत्तमा शारीरिक सुगठन प्रतियोगिता च्याम्पियनसिपको उपाधि रोयल फिट्नेसका कुशल गुरुङले चुम्न सफल भएका छन् भने गल्सतर्फको प्रतिस्पर्धामा रिता बिक प्रथम, भएकी छन् ।  गुरुङले  उपाधिसँगै नगद ७५ हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गरे । विभिन्न तौल समूहमा भएको सो प्रतियोगितामा कुशलले एभोब ७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै […]

Sep 1, 2024 - 12:11
 0
शारीरिक सुगठन प्रतियोगिता : पुरुषतर्फको उपाधि गुरुङ र महिलातर्फ उपाधि रिता बिकलाई

बुटवल  । 

प्रथम तिलोत्तमा शारीरिक सुगठन प्रतियोगिता च्याम्पियनसिपको उपाधि रोयल फिट्नेसका कुशल गुरुङले चुम्न सफल भएका छन् भने गल्सतर्फको प्रतिस्पर्धामा रिता बिक प्रथम, भएकी छन् । 

गुरुङले  उपाधिसँगै नगद ७५ हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गरे । विभिन्न तौल समूहमा भएको सो प्रतियोगितामा कुशलले एभोब ७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै ५५ केजी तौल समूहमा फिजिकल फिटनेस एन्ड ब्युटीका प्रतीक पन्थ प्रथम तथा दीप जिमका सन्दीप अर्याल द्वितीय र रोयल जिम फिटे्नेसका दिलीप थापा तेस्रो भएका छन् ।

त्यस्तै ६० केजी तौल समूहमा रोयल आईरन जिमका सागर बिके प्रथम र फिटनेस टाइमका खेमानन्द अधिकारी द्वितीय तथा द वेलनेस जिमका काजु पुन तेस्रो भएका छन् । त्यस्तै गरी ६५ केजी तौल समूहमा एक्सट्रीम फिट्नेसका चन्द थापा प्रथम फिजिकल फिट्नेसका निरोज केसी दोस्रो र २४ आवर हेल्थ क्लबका विष्णु परियारले तृतीय स्थानमा चित्त बुझाए ।

७० केजी तौल समूहको प्रतिस्पर्धामा ए एन्ड ए हेल्थ क्लबका विज्ञान श्रेष्ठ प्रथम, फिट्ने क्लबका ओसीङ्ग सारु मगर द्वितीय र तेस्रो स्थानमा डाइनेष्टी फिट्नेसका अभिजीत महत तृतीय स्थानमा सिमीत भएका थिए । भने ७० प्लस इभेन्ट्मा कुसल गुरुङ्गप प्रथम तथा बुटवल फिट्नेसका भूपाल कुँवर द्वितीय तथा दीप जिमका राहुल दर्लामीले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

मेन्स फिजिक्समै अपटु १७० सेमीमा फिटनेस क्लबका रोहित साही प्रथम तथा २४ हेल्थ फिट्नेसका सन्जीब थापा द्वितीय भए भने २४ कै अनुप शाही ठकुरीले तृतीय स्थान हासिल गर्न सफल रहेका थिए । एभोब १७० सेमीमा एक्ट्रीम फिट्नेसका रेसीत राना प्रथम भए भने रअ फिट्नेसका सबी सिङ्ग ठकुरी द्वितीय र तेस्रो स्थानमा योर्स मल्टीपल फिट्नेसका रोशन कुँवरले तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो । विभिन्न विधामा गरी रुपन्देही भरीका करिब ५० खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

त्यस्तै गल्स तर्फको प्रतिस्पर्धामा तिन खेलाडी मात्र सहभागी भएका थिए । जसमा रिता बिक प्रथम, दोस्रो स्थानमा रजीता अर्याल र तेस्रो स्थानमा मनीषा न्यौपानेले आफ्नो स्थान पक्का गरे । विजेता खेलाडीलाई तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए । सोही अवसरमा बोल्दै उनले तिलोत्तमाले सबै खेललाई प्राथमिकतामा राखी राष्ट्रलाई चिनाउने काम गर्दै आएको बताए । खेलका माध्यमबाट तिलोत्तमाको पहिचान बनाउन थप सहयोग हुने खाँणको भनाई छ ।.

त्यस्तै लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य सचिव तिरन गौतम तिलोत्तमा नगर खेलकुदका संयोजक तथा एन्फा रुपन्देहीका अध्यक्ष लोक पुनले तिलोत्तमा नगरलाई चिनाउन विभिन्न खेलकुदले अहम भूमिका खलेको बताउनुभयो  ।

एक्ट्रीम फिट्नेशको आयोजनामा सञ्चालित सो प्रतियोगिता तिलोत्तमा  नगरपालिकाको आर्थिक सहयोग रहेको एक्स्ट्रीमका सञ्चालक मन बहादुर थापाले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register