एमजी ईभीका ग्राहकलाई सर्भिसिङका लागि डेढ महिनासम्म कुर्नुपर्ने बाध्यता !
काठमाडौं । एमजी ईभीका ग्राहकलाई सर्भिसिङका लागि कम्तीमा डेढ महिनासम्म कुर्नुपर्ने बाध्यता आइलागेको छ । सीमित सर्भिस सेन्टर र सर्भिसिङ गराउने विद्युतीय गाडीको चाप धेरै हुँदा ग्राहकले पालो पाउन लामो समय कुर्नुपर्ने भएको हो । फेसबुक ग्रुप ‘इलेक्ट्रिक भेहिकल ग्रुप-नेपाल’मा सन्दीप सरवगी नामका एमजी सवारीधनीले सर्भिसिङका लागि ४५ दिनसम्म कुर्नु परेको गुनासो गरेका छन् । उनले भनेका छन्, “यदि तपाईं आज सर्भिसिङका लागि जानुभयो भने उनीहरूले तपाईंलाई ४५ दिनपछि आउनु भन्छन् । यसरी हामी आफ्नो गाडी कसरी ...
What's Your Reaction?