पुटिनले गरे कमला ह्यारिसको समर्थन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गरेका छन् । पुटिनले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुदा रुसमाथि थप प्रतिबन्ध लाग्ने बताएका छन् । उनी अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसमाथि यति धेरै प्रतिबन्ध लगाएका थिएनन् । रुसको भ्लादिभोस्टोक सहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई रुचाउनुहुन्छ […]

Sep 6, 2024 - 10:42
 0
पुटिनले गरे कमला ह्यारिसको समर्थन

काठमाडौँ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गरेका छन् ।

पुटिनले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुदा रुसमाथि थप प्रतिबन्ध लाग्ने बताएका छन् । उनी अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसमाथि यति धेरै प्रतिबन्ध लगाएका थिएनन् ।

रुसको भ्लादिभोस्टोक सहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई रुचाउनुहुन्छ भनेर सोधिएको थियो रु यस प्रश्नको जवाफमा पुटिनले भने, ‘यदि तपाईले मलाई पहिले सोध्नुभएको भए म राष्ट्रपति बाइडेनको नाम लिने थिए । तर अहिले उनी दौडबाट पछि हटेका छन्, उनले कमला ह्यारिसको नामलाई समर्थन गरेका छन्, त्यसैले म पनि त्यही गर्छु ।ु

पुटिनले भने– ुउनी खुल्लमखुल्ला हाँस्छिन् । यसले उनको जीवनमा सबै राम्रै चलिरहेको देखाउँछ । यदि उनले सबै ठीक गरिरहेकी छिन् भने उनले रुसमाथि ट्रम्पले जस्तै प्रतिबन्ध लगाउने छैनन् । हुनसक्छ उनी यस चीजबाट बाँच्नेछिन् ।ु

तर, पुटिनले अमेरिकी राष्ट्रपतिको बन्ने भन्ने छनोट गर्ने काम अमेरिकी नागरिकको भएको बताए । पुटिनले अमेरिकी जनताको रोजाइको सम्मान गर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register