हात-खुट्टा झनझनाहटको कारण हुनसक्छ ‘भिटामिन बी’ १२ को कमी

काठमाडौं । स्वस्थ रहनको लागि पोषक तत्त्वहरूले भरिपूर्ण खानेकुराहरू खान आवश्यक हुन्छ । भिटामिनहरू पनि स्वस्थ रहनको लागि आवश्यक हुन्छन्, त्यसैमध्ये एउटा स्वास्थ्यका लागि आवश्यक भिटामिन हो- भिटामिन बी १२ । शरीरमा भिटामिन बी १२ को कमी हुँदा छाला पहेँलो हुनसक्छ, तौल घट्न सक्छ, पटक–पटक भोक लाग्ने अनुभव हुन्छ, वाकवाकी जस्तो लाग्छ, हात-खुट्टामा झनझनाहटको समस्या […]

Sep 7, 2024 - 05:07
 0
हात-खुट्टा झनझनाहटको कारण हुनसक्छ ‘भिटामिन बी’ १२ को कमी

काठमाडौं । स्वस्थ रहनको लागि पोषक तत्त्वहरूले भरिपूर्ण खानेकुराहरू खान आवश्यक हुन्छ । भिटामिनहरू पनि स्वस्थ रहनको लागि आवश्यक हुन्छन्, त्यसैमध्ये एउटा स्वास्थ्यका लागि आवश्यक भिटामिन हो- भिटामिन बी १२ ।

शरीरमा भिटामिन बी १२ को कमी हुँदा छाला पहेँलो हुनसक्छ, तौल घट्न सक्छ, पटक–पटक भोक लाग्ने अनुभव हुन्छ, वाकवाकी जस्तो लाग्छ, हात-खुट्टामा झनझनाहटको समस्या हुन्छ र साथै हात-खुट्टा बेलाबेलामा सुन्निने पनि हुन सक्छन् ।

यस्तो अवस्थामा समस्या बढ्नु अघि नै भिटामिन बी १२ को कमीलाई पूरा गर्नु आवश्यक छ । आज हामी त्यस्तै केही खानेकुराहरूको बारेमा बताउनेछौँ जसले भिटामिन बी १२ को कमीलाई पूरा गर्छ ।

भिटामिन बी १२ का स्रोतहरू

माछा
माछामा भिटामिन बी १२ को प्रचुर मात्रा पाइन्छ । एक कप वा १५० ग्राम सार्डिनमा ५५४ प्रतिशतसम्म भिटामिन बी १२ हुन्छ ।

अण्डा
भिटामिन बी १२ का स्रोतहरूमा अण्डालाई पनि गनिन्छ । अण्डालाई पोषक तत्त्वहरूको पावरहाउस भनिन्छ । यसबाट शरीरलाई भिटामिन बी १२ का साथै भिटामिन बी २ को पनि राम्रो मात्रा प्राप्त हुन्छ ।

दूध
दूधलाई पनि भिटामिन बी १२ को राम्रो स्रोत मानिन्छ । दूधबाट शरीरलाई भिटामिन बी १२ मात्र नभई क्याल्सियम र भिटामिन डी को पनि राम्रो मात्रा प्राप्त हुन्छ ।

कुखुराको मासु
कुखुराको मासुमा पनि भिटामिन बी १२ हुन्छ । ७५ ग्राम कुखुराको मासुबाट शरीरलाई ०.३ माइक्रो ग्राम भिटामिन बी १२ प्राप्त हुन्छ । त्यसैले भिटामिन बी १२ प्राप्त गर्नका लागि कुखुराको मासु पनि खान सकिन्छ ।

दही
खानपिनमा दही समावेश गर्नु स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । दही खाँदा शरीरलाई भिटामिन बी १२, भिटामिन डी र प्रोबायोटिक्स पनि प्राप्त हुन्छन् जुन स्वास्थ्यका लागि राम्रो हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register