यसकारण अध्यक्ष प्रचण्ड ३० गते झापा आउँदै

बिर्तामोड, २६ भदौ । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो । बुधबार माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेट्घाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज [...] The post यसकारण अध्यक्ष प्रचण्ड ३० गते झापा आउँदै appeared first on Jhapa Online.

Sep 11, 2024 - 10:44
 0
यसकारण अध्यक्ष प्रचण्ड ३० गते झापा आउँदै

बिर्तामोड, २६ भदौ । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बुधबार माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेट्घाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) ले कार्यकर्तामा उत्साह भर्न, सहिद परिवारलाई सम्मान गर्न अध्यक्ष झापा आउन लाग्नु भएको बताए ।

अनारमनी नगरोन्मुख गाविसका पूर्व उपाध्यक्ष समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबन्धु कन्दङवाको नेतृत्वमा करिब ४ सय जना माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको एक नेताले बताए । सरकारमा लामो समय पछि माओवादीले प्रतिपक्षीको भूमिका निर्वाह गरेसँगै २०८४ लाई लक्षित गरी सङ्गठन विस्तारलाई तीव्रता दिएको छ।

The post यसकारण अध्यक्ष प्रचण्ड ३० गते झापा आउँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register