इन्द्रजात्राको मौलिकतामा बचाउन कामपाकाे अभिभावकीय भूमिका

काठमाडौं । येँया (इन्द्रजात्रा) को मौलिक परम्परामा कमी हुन नदिन काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने भएको छ । इन्द्रजात्रा व्यवस्थापन समिति तथा गुथिहरुसँग समन्वय गर्ने, जात्रा सञ्चालनका लागि रकम निकासा दिने, मौलिक बादन, गायन, नृत्य, सृङ्गार, खानपान तथा क्रियाकलापको नियमित सञ्चालनमा प्रोत्साहन गर्ने तथा प्रवर्धन गर्ने काम गरिरहेको छ । येँया ११४४ का अवसरमा […]

Sep 12, 2024 - 16:57
 0
इन्द्रजात्राको मौलिकतामा बचाउन कामपाकाे  अभिभावकीय भूमिका

काठमाडौं ।

येँया (इन्द्रजात्रा) को मौलिक परम्परामा कमी हुन नदिन काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने भएको छ ।

इन्द्रजात्रा व्यवस्थापन समिति तथा गुथिहरुसँग समन्वय गर्ने, जात्रा सञ्चालनका लागि रकम निकासा दिने, मौलिक बादन, गायन, नृत्य, सृङ्गार, खानपान तथा क्रियाकलापको नियमित सञ्चालनमा प्रोत्साहन गर्ने तथा प्रवर्धन गर्ने काम गरिरहेको छ । येँया ११४४ का अवसरमा महानगर विशेष कार्यक्रम मूल समारोह समितिले हनुमानढोकाको लोँह चोकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘स्थानीय मौलिक जात्रा पर्व जोगाउन स्थानीय सरकारलाई प्राप्त भएको जिम्मेवारी महानगरपालिकाले पूर्ण रुपमा निर्वाह गर्नेछ ।’

कार्यक्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्षले, देवदेवतासँग सम्बन्धित नृत्यहरु व्यावसायिक क्षेत्रमा प्रदर्शन हुन थालेको प्रसङ्ग उल्लेख गर्नुभएपछि उनले भनिन्, ‘मौलिक जात्रालाई राजनीति र विकृतिबाट बचाउनुपर्छ ।

परम्परागत सस्कृतिको प्रवर्धनका लागि प्रविधिको उपयोगलाई महानगरपालिकाले प्रयोग गरेको छ । उनले यस वर्षको जात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा, लाखे आजु, पुलुकिसी, हलचोक भैरव (सव भकु) नाच कुन ठाउँमा प्रदर्शन भइरहेको छ भन्ने कुरा भौगोलिक सूचना प्रणालीमार्फत हरेक स्मार्ट मोवाइल प्रयोगकर्ताको हातमा पुग्ने प्रविधि प्रयोग हुने बताए । युवाहरुलाई मौलिक परम्परासँग जोड्दै डवलीको पुनःस्थापनाका लागि भदौ ३० गते करिब १ सय कलाकारहरुले एकै पटक प्रस्तुति गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

त्यस क्रममा प्रवक्ता नविन मानन्धरले भने, ‘यस वर्षदेखि महानगरपालिकाले विशेष पूजा सहितको जात्रासँग सम्बन्धित लाखे आजु, पुलुकिसी, हल चोक भैरव (सव भकु) र महाकाली नाच प्रदर्शनको परम्परा थालनी गर्नेछ ।’ यस वर्ष उपत्यकाका जनप्रतिनिधिलाई आमन्त्रण गरेर नृत्य अवलोकन गराइने उनको भनाइ छ ।

यस वर्ष कुमारी रथ यात्रा छिट्टै सुरु गर्ने योजना छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले, श्रीगणेश र श्रीभैरवलाई दिउँसो १ बजे कुमारी घरमा आइ पुग्न आमन्त्रण गरिएको जानकारी दिए ।

कार्यक्रममा गल्ली म्याप्सबाट राज महर्जनले जात्राका अवसरमा लोकेसन हेर्न प्रयोग हुने जिपिएस डिभाइस उपप्रमुख डंगोललाई हस्तान्तरण गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register