एक सातामा १११ अंकले ओरालो लाग्यो सेयर बजार

काठमाडौं । यो साता सेयर बजारमा तीन दिन मात्रै कारोबार भयो । तीन दिन मात्रै खुलेको बजार परिसूचक १११ दशमलव ७६ अंकले घटेको छ । कारोबारको पहिलो दिनमै ५० दशमलव ७३ अंकले घटेर २६३९ को विन्दुबाट कारोबार सुरु गरेको बजार कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २५७६ को विन्दुमा सीमित भएको छ । सातामा तीन दिन खुलेको […]

Sep 20, 2024 - 10:05
 0
एक सातामा १११ अंकले ओरालो लाग्यो सेयर बजार

काठमाडौं । यो साता सेयर बजारमा तीन दिन मात्रै कारोबार भयो । तीन दिन मात्रै खुलेको बजार परिसूचक १११ दशमलव ७६ अंकले घटेको छ ।

कारोबारको पहिलो दिनमै ५० दशमलव ७३ अंकले घटेर २६३९ को विन्दुबाट कारोबार सुरु गरेको बजार कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २५७६ को विन्दुमा सीमित भएको छ ।

सातामा तीन दिन खुलेको बजारले २३ अर्ब ३७ करोड ४ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । साताभरको सेयर समीक्षामा सीइडीबी हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

आइतबार नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेर २६३७ दशमलव ७९ को विन्दुमा पुगेको थियो । ३२४ कम्पनीका १ लाख १९ हजार ७ सय ३९ पटकको कारोबारमा २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका थिए । साताको कारोबारको दोस्रो दिन सेयर बजार परिसूचक ५७ दशमलव ०३ अंकले घटेर २५८० दशमलव ७६ को विन्दुमा झरेको थियो ।

सोमबार ३१२ कम्पनीका ९२ हजार ८ सय १५ पटकको कारोबारमा १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ रहेको थियो । सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका थिए ।

साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४ अंकले घटेर २५७६ दशमलव ७६ को विन्दुमा पुगेको थियो । बुधबार ३२० कम्पनीका ८ हजार ३ सय ७८ पटकको कारोबारमा १ करोड ४० लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ रहेको थियो । बुधबार पनि सीइडीबी हाइड्रोपावरमा लगानीकर्ताहरू झुम्मिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register