आफ्नो पक्षमा भिड जम्मा गर्न रवि लामिछाने प्रोपागान्डा गर्दैछन् : महत

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पक्षमा भिड जमा गर्न विभिन्न प्रोपागान्डा अपनाइरहेको टिप्पणी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले प्रोपागान्डा गरेरै कालोलाई सेतो बनाउन लामिछाने लागि परेको बताए । सहकारी ठगी पुष्टी हुने खालको प्रतिवेदन आइसक्दा पनि शिर निहुरिनु पर्नेमा झन् […]

Sep 20, 2024 - 12:21
 0
आफ्नो पक्षमा भिड जम्मा गर्न रवि लामिछाने प्रोपागान्डा गर्दैछन् : महत

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पक्षमा भिड जमा गर्न विभिन्न प्रोपागान्डा अपनाइरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले प्रोपागान्डा गरेरै कालोलाई सेतो बनाउन लामिछाने लागि परेको बताए ।

सहकारी ठगी पुष्टी हुने खालको प्रतिवेदन आइसक्दा पनि शिर निहुरिनु पर्नेमा झन् क्लिन चिट पाएँ भनेर भ्रम छर्नु गलत भएको उनको तर्क छ ।

उच्चस्तरीय छानबिन समितिले गोरखा मिडियाको सम्पूर्ण खर्च सहकारीको पैसाले चलेको प्रतिवेदन सार्वजनिक गरिसक्दासमेत क्लिन चिट पाएँ भन्नु मूर्खताबाहेक केही नभएको महतले बताए ।

प्रवक्ता महतले सरकार बन्यो कि अब ढल्छ भन्ने सधैँको हल्ला अहिलेपनि चलेको बताए । देशमा देखिएको अस्थिरता रोक्न दुई ठूला दल मिलेर बनेको सरकार कुनै कारण नढल्ने दाबी गर्दै उनले वर्तमान समिकरणबाटै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register