रविको बयान – मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन

काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । उनले आफूले सहकारीबाट एक रुपैयाँ पनि नखाएको दाबी गरेका छन् । साथै, आफ्नो खातामा कुनै सहकारीबाट रकम जम्मा नभएको बताए । उनले बयानमा भनेका थिए, ‘अन्य कसैले गरेको बदमासीको जिम्मेवारी मैले […]

Sep 20, 2024 - 13:17
 0
रविको बयान – मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन

काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ ।

उनले आफूले सहकारीबाट एक रुपैयाँ पनि नखाएको दाबी गरेका छन् । साथै, आफ्नो खातामा कुनै सहकारीबाट रकम जम्मा नभएको बताए ।

उनले बयानमा भनेका थिए, ‘अन्य कसैले गरेको बदमासीको जिम्मेवारी मैले लिनुपर्ने कुनै आधार म देख्दिन । मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन । मैले ऋण लिएको प्रमाण पनि छैन र ऋण लिएको पनि छैन, मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन ।’

आफू निर्दोष रहेको उनको दाबी छ । ‘मैले उल्लिखित सहकारीहरूमा ऋण माग गरेको छैन, अभियोग पत्रहरूमा मैले ऋण लिएको पुष्टि भएको छैन, गैरकानूनी ऋण प्रवाहमा मेरो कतै संलग्नता छैन । म निर्दोष छु’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register