इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन : एनसेल

काठमाडौं । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनसेलले अनुमानमा आधारित समाचार प्रकाशन भएको जनाएको हो । विभिन्न सञ्चार माध्यममा एनसेलले इन्टरनेट सेवा प्रदायक क्लासिक टेकलाई खरिद गरेको समाचार प्रकाशन भएको थियो । तर, […]

Sep 20, 2024 - 13:29
 0
इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन : एनसेल

काठमाडौं । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनसेलले अनुमानमा आधारित समाचार प्रकाशन भएको जनाएको हो । विभिन्न सञ्चार माध्यममा एनसेलले इन्टरनेट सेवा प्रदायक क्लासिक टेकलाई खरिद गरेको समाचार प्रकाशन भएको थियो ।

तर, ती सूचनाहरू अपरिपक्व र अनुमानमा आधारित भएको विज्ञप्तिमा उल्लेख छ।

‘ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खाने गरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरू विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने एनसेलको दाबी छ ।

‘एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैँ पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरू प्रदान गर्ने नै छौँ । हाम्रा निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहक वर्ग र सरोकारवालाहरूसंग सम्बन्धी हुने भएकोले हामीसँग सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन हुन सञ्चारका माध्यमहरूलाई अनुरोध गर्दछौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register