आमा-छोरा हत्या प्रकरण : यौनसम्बन्धको प्रस्ताव अस्वीकार गर्दा यसरी भयो घटना

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । करिब १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरीहर नाथ योगीले ‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल […]

Sep 20, 2024 - 13:33
 0
आमा-छोरा हत्या प्रकरण : यौनसम्बन्धको प्रस्ताव अस्वीकार गर्दा यसरी भयो घटना

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । करिब १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरीहर नाथ योगीले ‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको बताए ।

गत भदौ २० गते बिहान पसल भएको घरमा मृत अवस्थामा फेला परेका आमा छोराको हत्या स्थानीय ३२ वर्षका ताराबहादुर मगरबाटै भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

अभियुक्त ताराबहादुर मगरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीरको अन्य भागमा समेत प्रहार गरी विभत्स तरिकाले कर्तव्य गरी हत्या गरेको व्यहोरा खुलेको प्रहरीले जनाएको छ ।

यौनसम्बन्धको प्रस्ताव अस्वीकार गर्दा महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । पूरानो सम्बन्धका कारण घटना भएको एसपी योगीले बताए ।

‘उनीहरुबीच पूरानो सम्बन्ध रहेछ । त्यो रात आरोपित खुकुरी लिएर पसलमा पुगेका थिए । महिलाले ढोका खोलेपछि उनीहरुबीच केही कुरा भएको देखिन्छ । सोही क्रममा आरोपितले यौनसम्बन्धको प्रस्ताव राखेको पाइन्छ । तर, महिलाले अस्वीकार गर्छिन् । तर, आरोपितले फेरि प्रस्ताव राख्छन् । फेरि महिलाले अस्वीकार गरेर धकेल्छिन् । सोही रिसका कारण घटना भएको देखिन्छ ।’ योगीले भने ।

प्रतिवादी मगरको नाममा किटानी जाहेरी दरखास्त समेत परेको हुँदा प्रतिवादीलाई उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी योगीले जानकारी दिए ।

कटारी-१० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुसलाई आरोपितले धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

श्रीमान् अशोक थापा ३ वर्षअघि गाउँकै राई थरकी एक महिलासँग दोस्रो विवाह गरेर भारतको राजस्थान पलायन भएका कारण निर्मला गाउँमै सामान्य होटल र किराना पसल चलाउँदै छोरासँग बस्दै आएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register