भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिकलाई एक वर्षको जेल सजाय

काठमाडौं । गतवर्ष स्वदेश फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट पनि निष्कासन गरिएको छ । जुलाई २०२३ मा ट्राभिसलाई गैर-कमीशन अफिसरमा आक्रमण र त्यागको आरोप लागेको थियो । तर, उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनका […]

Sep 21, 2024 - 07:13
 0
भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिकलाई एक वर्षको जेल सजाय

काठमाडौं । गतवर्ष स्वदेश फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ ।

योसँगै उनलाई सेनाबाट पनि निष्कासन गरिएको छ ।

जुलाई २०२३ मा ट्राभिसलाई गैर-कमीशन अफिसरमा आक्रमण र त्यागको आरोप लागेको थियो । तर, उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनका वकिलले बीबीसीलाई बताए ।

टेक्सासको फोर्ट ब्लिसमा शुक्रबार भएको सुनुवाइका क्रममा उनीमाथि लागेका १४ आरोपमध्ये ५ मा दोषी ठहर भएका छन् भने अन्य आरोप खारेज गरिएको थियो ।

ट्राभिस जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भएका थिए । उनलाई युनिट रोटेशनअन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो, जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register