डली चायवालासँग सुहाङको भेट, भने- चिया दुवैका प्यारो

काठमाडौं । चियाका लागि प्रसिद्ध जिल्ला इलामका सांसद सुहाङ नेम्वाङले डली चायवालासँग भेट गरेका छन् । तीन दिनयता नेपालमा रहेका चायवालासँग सुहाङले शुक्रबार भेट गरेका हुन् । भेटपछि चायवालाको प्रशंसा गर्दै सुहाङले चिया दुवैका लागि प्रिय रहेको बताएका छन् । “उहाँको चर्चा र प्रसिद्धिको कारण चिया । म चियाको राजधानी इलामको प्रतिनिधि । चिया, हामी […]

Sep 21, 2024 - 07:01
 0
डली चायवालासँग सुहाङको भेट, भने- चिया दुवैका प्यारो

काठमाडौं । चियाका लागि प्रसिद्ध जिल्ला इलामका सांसद सुहाङ नेम्वाङले डली चायवालासँग भेट गरेका छन् ।

तीन दिनयता नेपालमा रहेका चायवालासँग सुहाङले शुक्रबार भेट गरेका हुन् ।

भेटपछि चायवालाको प्रशंसा गर्दै सुहाङले चिया दुवैका लागि प्रिय रहेको बताएका छन् ।

“उहाँको चर्चा र प्रसिद्धिको कारण चिया । म चियाको राजधानी इलामको प्रतिनिधि । चिया, हामी दुवैको प्रिय,” सुहाङले भनेका छन् ।

भारत नागपुरका सुनिल पाटिल अर्थात् डली चायवाला विश्वव्यापी चर्चामा छन् । माइक्रोसफ्ट संस्थापक तथा अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि उनी चर्चामा आएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register