एन्फा महिला लिग: संकटा र नेपाल पुलिस क्लव विजयी

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लव र नेपाल पुलिस क्लव विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्‍यो । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णीमा हमालले एक एक गोल गरिन् । जितसँगै संकटाले सात […]

Sep 21, 2024 - 15:01
 0
एन्फा महिला लिग: संकटा र नेपाल पुलिस क्लव  विजयी

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लव र नेपाल पुलिस क्लव विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्‍यो । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णीमा हमालले एक एक गोल गरिन् । जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ ।

सुदूरपश्चिमको भने यो लगातार सातौं हार हो ।

त्यस्तै शनिबार नै भएको दोश्रो खेलमा पुलिस क्लवले वालिङ नगरपालीकालाई २–० गोल अन्तरले पराजित गर्‍यो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register